प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आज अपरान्ह हुने शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित आज भारत प्रस्थान गर्नुभएको हो ।

भारतीय समकक्षी मोदीको शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले उहाँसँग संक्षिप्त कुराकानी गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार अपरान्ह ७:१५ मा आयोजना हुने शपथ ग्रहण समारोहका लागि यसअघि दुई प्रधानमन्त्रीबिच भएको टेलीफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गर्नुभएको थियो ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटगरी भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रम प्रचण्डका सुपुत्री गङ्गा दाहाल लगायत सहभागी रहनुभएको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डलाई विदाई गर्न उपप्रधानमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा नेपाली सेनाले प्रधानमन्त्री प्रचण्डलाई विदाईमा गारत अर्पण गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.