ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला

काठमाडौँ- स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

“मेलाले रोजगारी मात्रै हैन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जारकारी दिनेछ”, मेलाका बारेमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक विदेशिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताउनभयो । “नेपालमा रोजगारी नपाएर विदेशिनुपर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्र्याउनुपर्ने बाध्यतालाई सम्बोधन गर्नेछ”, उहाँले भन्नुभयो ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा हुने उक्त मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ ।

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गर्नेछन् । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.