अवैध औषधी बेच्ने बागलुङका तीन वटा मेडिकल बन्द

बागलुङ, ३२ जेष्ठ- जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने औषधी बेचबिखन गर्ने बागलुङ बजारमा तीन वटा मेडिकल बन्द गरिएको छ । बागलुङ गरपालिका–२ क्याम्पस चोकको धौलाश्री मेडिकल, बालमन्दिर चोकको लेखानी मेडिकल हल र केसी मेडिकल हल बन्द गरेको हो ।

गत वैशाख ६ गते औषधी व्यवस्था विभाग काठमाडौँ, जिल्ला प्रशासन कार्यालय बागलुङले गरेको अनुमनको क्रममा फार्मेसी विभागमा दर्ता नभएको औषधी बेच्ने गरेको फेला परेको थियो ।

औषधी व्यवस्था विभाग काठमाडौँको निर्णय अनुसार ती मेडिकल सात दिनको लागि निलम्वन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताउनु भयो ।

जिल्ला प्रशासन, प्रहरी लगायतका सरोकारवालाको टोली मेडिकल बन्द गर्न आउने थाहा पाएपछि धौलाश्री मेडिकलका संचालक मेडिकल बन्द गरेर फरार भएका थिए । संचालक फरार भएपछि टोलीले थप ताला लगाएर छाडेको छ ।

साथै निलम्वन अवधिभर त्यस औषधि पसलबाट कुनै पनि कारोबार नगर्न र भविष्यमा यस्ता कैफियतहरु नदोहोर्‍याउन समेत विभागले सचेत गराएको छ । औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी भण्डारण र अनुमति बेगरका औषधी बेच्ने गरेकोले बन्द गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनु भएको छ ।

औषधी व्यवस्था विभाग काठमाडौँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका लगायतको टोलिले बागलुङ बजारमा १७ वटा मेडिकल अनुगमन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.