करेन्ट लागेर एक जनाको मृत्यु

रसुवा- रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला सिद्घलेक गाँउपालिका पाँचका बाईस बर्षिय टेकबहादुर घले रहको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गोसाईकुण्ड गाँउपालिका वडा नम्बर छ र कालिका गाँउपालिका एक गुम्बुचेत नजिक मैलुङ स्याफ्रुबेसी सडक योजना अन्तर्गतको ठाडे खोलामा स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर घलेको मृत्यु भएको हो । स्काभेटरका सह-चालक रहेका घले आज बिहान स्काभेटरमा तेल हाल्न लाग्दा स्काभेटरको बकेट त्रिशुली जलबिधुत आयोजनाकाे बिद्युत प्रसारण लाईनमा छुँदा उनलाई करेन्ट लागेको थियो ।
वेहोस अबस्थामा रहेका उनलाई प्रहरीको सहायताबाट उपचारकालागि त्रिशुली अस्पताल लगिएकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताउनुभयो । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.