बुटवलको डेल्टा एजुकेशन मार्टमा आगलागी

बुटवल- बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्टमा आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिकाको एउटा बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ तर आगोलागी अझै नियन्त्रणमा आएको छैन ।

मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको कपडा ,खेलकुद र स्टेशनरीका सामानहरु जलेर नष्ट भएका छन् ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टको अनुमान छ तर कारण एकिन भएको छैन ।

अझै आगो नियन्त्रणमा आएको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र बुटवल उपमहानगरपालिकाको एउटा बारुण यन्त्रले आगो निभाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन भने बाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.