प्रदेश राजधानीको विषयलाई पूर्वाग्रहको रुपमा नलिऔँ- मुख्यमन्त्री पोखरेल

बुटवल- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गराउने मन्त्रीपरिषदको निर्णय भएको जानकारी दिनुभएको छ ।

यसैगरी, उहाँले भालुवाङ क्षेत्र विभिन्न पहाडी क्षेत्रका बासिन्दाहरुको बाक्लो बसोबास भएको क्षेत्र भएको समेत उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक आग्रह पूर्वाग्रहको रुपमा प्रदेश राजधानीलाई नलिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग छलफलको प्रयास भएपनि विभिन्न कारणले हुन नसकेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी भालुवाङ लैजाने होइन बनाउने हो भन्नुहुँदै राप्ती उपत्यकामा नबनाउन्जेल बुटवलबाटै काम गरिने जानकारी पनि दिनुभयो ।

उहाँले राजधानी तोक्ने मात्र होइन विस्तृत परियोजना पनि तत्कालै बनाइने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.