प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी रहने प्रस्ताव दुई तिहाईले पारित
काठमाडौं- प्रदेश नम्बर पाँचको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय प्रदेश सभाले गरेको छ । आज प्रदेश सभामा प्रदेशको स्थायी राजधानीको सम्बन्धमा गरिएको प्रस्तावमाथि मतदान हुँदा प्रस्तावको पक्षमा दुई तिहाई मत परेको थियो । प्रस्तावको पक्षमा ६९ मत परेको छ । प्रस्तावको विपक्षमा १३ मत परेको छ भने ५ जना प्रदेश सभा सदस्य अुपस्थित हुनुभएको छ ।
यसअघि दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । यही असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्