खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु, १ जनाको उद्धार, २ जना बेपत्ता
सुनसरी- सुनसरीको इटहरी-४ स्थित बुढिखोलामा आएको बाढीले सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाई बगाएको छ ।
बुढी खोलामा माछा मार्ने क्रममा खोलामा आएको बाढीले उनीहरुलाइ बगाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्कीले जानकारी दिनु भएको छ ।
वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाई जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।
वेपत्ता अन्य दुई जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्