सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
![](https://nepaltvonline.com/wp-content/uploads/2024/06/pm-rabi-kp-oli-scaled-1.jpg)
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल बताइएको छ ।
उहाँहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीको भेटवार्तामा रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रवी लामिछाने पनि सहभागि हुनुभएको छ । सिंहदरबारमा अहिले सत्तामा रहेका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ ।
एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भए लगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । हिजो देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।
प्रतिक्रिया राख्नुहोस्