चाडबाडको नाममा ताँती, झन् जोखिमको खतरा (भिडियो रिपोर्ट)

काठमाडौं– मानिसहरुको यो भिडभाड देख्दा काठमाडौं उपत्यका कोरोना मुक्त भइसकेको हो कि जस्तो दखिन्छ । नजिकिएका चाडपर्वसँगै काठमाडौंमा मानिसहरुको चहल पहल पनि निकै बढ्न थालेको छ । जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी सामान्य मापदण्ड पालना नगरी मानिसहरु बजारमा किनमेल गर्न आवत जावत गर्ने गरेका छन् ।
दिनप्रति दिन कोरोना संक्रमितहरु बढी रहेको अवस्थामा हेलचेक्र्याई नगरी स्वास्थ्य सावधानी अपनाउन सरकारले आग्रह गरे पनि मानिसहरुले यस्को पूर्ण पालना नगरेको पाइएको छ । सामान्य अवस्थामा चाडवाडको बेला मानिसहरुको भिडभाड स्वभाविक भएपनि कोरोना संक्रमणको जोखिम बढी रहेको यो समयमा भने सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।
किनमेलमा जाँदा होस वा अन्य कामले घर बाहिर निस्कनु परे सुरक्षाका सबै उपाय अपनाएर मात्र निस्कन यस क्षेत्रका विशेषज्ञको भनाइ छ ।
कोरोना भनेको केही होइन भन्ने भ्रामक प्रचारको पछि नलाग्न समेत विज्ञहरुले सुझाव दिएका छन ।
चाडवाडका बेला किनमेल गर्न मानिसहरुको बाध्यता भएपनि संक्रमणबाट आफू बच्न र अरुलाई पनि जोगाउन सुरक्षाका उपाय अपनाएर निस्कनु पर्ने सर्वसाधारणको भनाइ छ ।
कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिदै गएको अवस्थामा यसबाट सुरक्षित रहन सबै उत्तिकै सजग र सचेत रहनु पर्नेमा विज्ञहरुको जोड छ ।






प्रतिक्रिया राख्नुहोस्