राप्ती नदीको बाढीमा वेपत्ता यादवको शव फेला

दाङ- शनिबार राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । राजपुर गाउँपालिका– २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिनुभयो ।

दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए ।

केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो । उहाँका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.