गौतमबुद्ध क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर- बागमती प्रदेश सरकारको आइतबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सामाजिक विकास मन्त्रालय मार्फत् रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थप रकम सोमबार नै भरतपुर महानगरपालिकालाई रकमान्तर हुनेछ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९-०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ ।

यस्तै मन्त्री परिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको असार २९ देखि साउन ४ गतेसम्म हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका नेकपा एमालेका मन्त्रीहरु बैठकमा उपस्थित थिएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.