नवलपुरमा खोलाले बगाएका एक जना मृत भेटिए, एक अझै वेपत्ता
पूर्वी नवलपरासी- पूर्वी नवलपरासीमा खोलाले बगाएका एक पुरुष मृत भेटिएका छन ।
मध्यविन्दु नगरपालिका ४ मदनपुर घर भएका ३५ वर्षिय सुर्य परियारलाई आज दिउँसो खोलाले बगाएको थियो ।
मध्यबिन्दु नगरपालिका ५ बागखोर स्थित उल्टी खोल र छपछुपी खोलाको किनारमा उनको लासफेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै बौदीकाली गाउँपालिकामा मेला जाने क्रममा बौदीखोलाले बगाएका खारा घर भएका ४८ वर्षका बिशाल कार्कीको खोजी कार्य जारी रहेका प्रहरीले जनाएको छ ।
बेपत्ता भएका कार्कीको इलाका प्रहरी कार्यालय डेडगाँउबाट खटिएको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्