प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा पाँचौपटक विश्वासको मत लिँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

पछिल्लो पटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी एमालेले समर्थन फिर्ता लिएपछि आजको प्रतिनिधिसभाको बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

एमालेले समर्थन फिर्ता लिएपछि संविधानको प्रावधान अनुसार विश्वासको मत लिन लाग्नु भएका प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, रास्वपा र एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेका छन् ।

यो गणितलाई हेर्ने हो भने प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नसक्ने संख्या पुग्ने देखिदैन । यता सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, दोश्रो दल नेकपा एमाले , जनता समाजवादी पार्टी नेपाल , जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको मत नदिने निर्णय गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कांग्रेस एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ । यो अवस्थाले पक्षमा भन्दा विपक्षमा पर्ने मत बढी देखिन्छ । प्रतिनिधिसभाको बैठकवाट विश्वासको प्रस्ताव छिनोफानो भएपछि नयाँ सरकार गठनको प्रकृया शुरु हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.