लगातार परेकाे वर्षाका कारण विभिन्न स्थानमा पहिराे ,सडक अवराेध खुलाउने कार्य जारी (फोटो फिचर)
काठमाडाै – लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो गएकाे छ भने राजमार्ग पनि अवरुद्ध भएका छन् ।
नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।
पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्