नेपालले समूह चरणको पहिलो खेल भोलि खेल्दै

काठमाडौँ- महिला एशिया कप क्रिकेट प्रतियोगिता-२०२४ मा भोलि नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ ।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ ।

यो खेल भोलि दिउँसो २:१५ बजे शुरु हुने तालिका छ ।

महिला एशिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एशिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो ।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्।

समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ। एसिया कप क्रिकेट प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाको श्रीलङ्का डेभलपमेन्टसंग तीन खेलको अभ्यास खेल खेलेको थियो । जसमा नेपाल २-१ ले पराजित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.