राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११:३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।”

उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.