अरनिको राजमार्ग अस्फाल्ट प्रबिधिबाट स्तरोन्नती हुँदै

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बन्देउदेखि बाह्रबिसेसम्म अरनिको राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएको छ । बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर अरनिको राजमार्ग तिहारअघि नै कालोपत्रे सकिने गतिमा काम भइरहेको छ ।

सरकारको १० करोड रुपैयाँको लागतमा अस्फाल्ट सामाग्रीको प्रयोगबाट कालोपत्रे हुँदै गरेको हो । पहिले यस्तो प्रबिधि प्रयोग नगरीएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण ठुला दुर्घटनाहरु समेत यस राजमार्गले व्यवहोर्दै आएको थियो । अस्फाल्ट प्रबिधिका सडकहरु उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने प्रबिधिको भएको सडक बिभागका प्राबिधिकले जानकारी दिनुभयो ।

यसै राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्मको दुरीमा भने बेस सिलिङको काम भइरहेको छ । यस कार्यमा स्थानीय महिलाहरुले पनि रोजगारीको अवसर पाएका छन् । यसैगरी बिकास निर्माणका अन्य कामहरुमा पनि अवसर दिने व्यवस्था मिलाउन तिनै तहका सरकारहरुसँग यहाँका महिलाहरुले माग गरेका छन ।

यस राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथीका दर्जनौं स्थानमा भने भूगर्भबिद्हरुलाइ अध्ययन गराइ उच्च प्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राबिधिकहरुको सुझाव छ ।

कोठे र जुरेमामात्रै बार्षिक करोडौं रुपैया सडक मर्मतमा खर्च हुने तर बर्षाअघि बनाइएका संरचना बर्षापछि कुनै निसाननै नरहने नियति यहाँ दोहोरिने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.