सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ ।
भेटमा उहाँहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभएको थियो । उहाँले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा  विस्तारमार्फत पलयान हुँदै गएको युवा जनशक्तिलाई नेपालमै उपयोग गर्नेलगायत विकास प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गर्नुभएको थियो ।
राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.