बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामा नियुक्त

मकवानपुर- बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको हो ।

लामाले आजै मुख्यमन्त्रीको लागि नेकपा एमालेका २७ र नेपाली काँग्रेसमा ३७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेश गर्नुभएको थियो ।

संघीयता कार्यान्वयनपछि नेपाली काँग्रेसले पहिलो पटक बागमतीमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथ भोलि बुधबार बिहान ११ बजेर ११ मिनेटमा हुने तय भएको छ ।

मुख्यमन्त्री लामा तामाङ समुदायबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति बन्नुभएको छ ।

आलोपालो मुख्यमन्त्री, काँग्रेसलाई ७ र एमालेलाई ६ मन्त्रालय 

बागमती प्रदेशका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसले आलोपालो सरकार सञ्चालनको सहमती गरेका छन् ।  दिउँसो हेटौंडामा बसेको दुई दल बिचको बैठकले पहिलो २० महिना काँग्रेसले र बाँकी समय नेकपा एमालेले सरकारको नेतृत् वगर्ने सहमति गरेको हो ।

पहहिलो कार्यकालमा नेपाली कांग्रेसका दलका नेता बहादुरसिंह लामा र बाँकी समय नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।

सहमतिअनुसार एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्री, आर्थिक मामिला सहित ७ वटा लिने सहमति बनेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक बिकास मन्त्रालय ,  युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।

एमालेले भौतिकसहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने सहमति भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.