सडक भासिँदा पासाङल्हामु खण्डमा यातायात अवरुद्ध

रसुवा- अबिरल वर्षाका कारण पासाङल्हामु सडक खण्ड अन्तर्गत उत्तरगया गाँउपालिका- ५ बनुवा घुम्तीमा पहिरो गई सडक भाँसिन जाँदा यातायात सञ्चालनमा अवरोध पुगेको छ ।

पहिरोले सडकको आधा भाग पुरै झरेको र तल रहेको बस्तीलाई समेत जोखिम बन्न पुगेपछि माल बहाक सवारी साधन आवतजावतमा रोक लगाईएको रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताउनुभयो ।

साँघुरो बाटो भएकाले एकातर्फी साना सवारी साधन सञ्चालन गरिए पनि ठूला मालबहाक सवारी साधनहरुका लागि भने वैकल्पिक बाटोको पहिचान गरी यात्रा गर्न हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

दुई बर्षअघि सोहि स्थानमा पहिरो जाँदा उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेका १७ घर र बनुवा घुम्तीमा रहेका ८ घर परिवामा क्षति पुगेको थियो भने लामो समय सडक अबरुद्घ भएको थियो ।

यसैबीच रसुवागढी नाका हुँदै जलबिद्युत आयोजनाका समाग्रीहरुसँगै अन्य निर्माण समाग्री सडकको क्षमता भन्दा बढी वजनका सामग्री आउन थालेपछि रसुवाको पासाङल्हामु मार्ग भाँसिन थालको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.