नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गडतौला नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त
काठमाडौँ- सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिव नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद् बैठकले कायम मुकायम मुख्य सचिव लिलादेवी गडतौलालाई मुख्यचिव नियुक्त गर्न निर्णय गरेको हो ।
यो सँगै गड्तौला नेपालको निजामती प्रशासनको उच्च नेतृत्वमा पुग्ने पहिलो महिला मख्य सचिव बन्नु भएको छ ।
त्यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा सदस्यहरुको पनि नियुक्त गरेको छ।
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
त्यसैगरी महोत्तरीकी डा आरती विसार, धनुषाका डा रमेशप्रसाद सिंह, अर्घाखाँचीका डा प्रकाश श्रेष्ठ, झापाकी गीता कुमारी पौडेल अधिकारी, अर्घाखाँचीकै डा जय बहादुर टण्डन र दार्चुलाका गंगादत्त वस्तीलाई राष्ट्रिय योजना आयोगको सदस्यहरुमा नियुक्त गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भयो ।।
प्रतिक्रिया राख्नुहोस्