नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गडतौला नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त

काठमाडौँ- सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिव नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद् बैठकले कायम मुकायम मुख्य सचिव लिलादेवी गडतौलालाई मुख्यचिव नियुक्त गर्न निर्णय गरेको हो ।

यो सँगै गड्तौला नेपालको निजामती प्रशासनको उच्च नेतृत्वमा पुग्ने पहिलो महिला मख्य सचिव बन्नु भएको छ ।

त्यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा सदस्यहरुको पनि नियुक्त गरेको छ।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

त्यसैगरी महोत्तरीकी डा आरती विसार, धनुषाका डा रमेशप्रसाद सिंह, अर्घाखाँचीका डा प्रकाश श्रेष्ठ, झापाकी गीता कुमारी पौडेल अधिकारी, अर्घाखाँचीकै डा जय बहादुर टण्डन र दार्चुलाका गंगादत्त वस्तीलाई राष्ट्रिय योजना आयोगको सदस्यहरुमा नियुक्त गरिएको  नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.