धनकुटाको महालक्ष्मीमा आगलागी, एक करोडको क्षति

धनकुटा- धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रीमा आगलागी हुँदा एक करोड २ लाख २७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागिमा परेर तीन घर जलेर नष्ट हुँदा सो क्षति भएको हो । बिहिबार दिउँसो भएको आगलागीबाट स्थानिय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सुर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

आगलागीबाट खड्काको ४० लाख ७३ हजार, बुढाथोकीको २५ लाख ५४ हजार र श्रेष्ठको ३६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । आगलागिको कारण भने खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.