हिल्सा खुलेन, दसैंमा लिमीबासीलाई भोको बस्नुपर्ने चिन्ता
हुम्ला– कोरानाको त्राससँगै चैत पहिलो साता बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका सात महिनासम्म पनि नखुलेपछि लिमिका ३ गाउँमा खाद्यान्न संकट भएको छ । चाडबाडको मुखमा पनि नाका नखुल्दा लिमीका तिल, जाङ्ग र हल्जी गाउँमा चरम खाद्य संकट देखिएको हो ।
कोभिड–१९ को महामारी भन्दै छिमेकी देश चीनसँग जोडिएको नाका नखुलेपछि नाकाबाटै आउने सामग्रीको भरमा जिवन गुजारिरहेका ३ गाँउमा खाद्यान्न संकट देखा परेको स्थानीयले बताएका छन् । नाका बन्द हुदा नाम्खा गाउँपालिका–६ लिमिका १ सय ८० घरपरिवारलाई खाद्यान्न संकट भएको छ । चीनको ताक्लाकोट बाट हुम्लाका यी ३ गाँउका लागि पनि दैनिक उपभोग्य सामग्री भित्रने गरेको थियो । ताक्लाकोटमै सामग्री रोकिएको भन्दै जनप्रतिनीधिहरु गुनासो बोकेर सदरमुकाम सिमकोट आइपुगेका छन् ।

गाउँमा उत्पादित वस्तु ६ महिना पनि नपुग्ने भएपछि रोग भन्दा पनि लिमीका जनतालाई भोककै चिन्ता बढेको वडाध्यक्ष पाल्जोर तामाङको भनाई छ ।
अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द हुँदा चीन–नेपाल को आयत निर्यात समेत नराम्रोसँग प्रभावित भएको छ । नाका बन्दले साना मझौला र ठूलो व्यवसायमा पनि आर्थिक संकट समेत परेको छ ।
नेपाल–चीनबीच सञ्चालनमा रहेको हिल्सा नाका अहिले बन्द छ । लिमीका ३ गाउँमा खाद्यान्न संकट मात्रै नभई जिल्लाको विकास निर्माण समेत असर परेको छ ।






प्रतिक्रिया राख्नुहोस्