प्रलोभन देखाएर सुन ठगी गर्ने चार जना पक्राउ

पाल्ला – पाल्पा सदरमुकाम तानसेन बजारका विभिन्न ठाउँमा स्थानीयलाई प्रलोभन देखाएर सुनका गहरगनाको ठगी गर्ने चार जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

सुन जस्तै देखिने पहेलो धातु देखाई प्राय वृद्धाहरुलाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने गरेको उजुरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले बताउनुभयो ।

पक्राउ पर्नेमा जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय चुरामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका– १ का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका –५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेल रहेको पाल्पाका प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो ।

नक्कली सुनको प्रलोभनमा ठगिएको भनी पाल्पामा गत वर्ष एक र यस वर्ष दुईवटा उजुरी परेको आधारमा पाल्पा प्रहरी खोजी सुरु गरेको थियो । सोहीक्रममा ठगी गर्नेहरु तानसेनको टुँडिखेलस्थित साझा फेन्सी पसल नजिकैबाटै पक्राउ गरेका हुन ।

प्रहरीले उनीहरुको साथबाट पहेलो रंगको चारपाटे धातु एक थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु ३ थान बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.