घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ ।

मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.