हमासका नेता हानियाको शव यात्रामा हजारौँ इरानी सहभागी
काठमाडौँ- इजरायली सेनाको आक्रमणमा मारिएका हमासका उच्च नेता स्माइल हानियाको अन्तिम संस्कारमा हजारौँ इरानी नागरिक सहभागी भएका छन ।
इरानको राजधानी तेहरानमा हजारौँ मानिसहरु शव यात्रामा सहभागी भएका हुन ।
हानियाको इजरायली एअर फोर्सले इरानमा हत्या गरेको थियो ।
हमासका शीर्ष नेता मानिने हानिया इजराजयल र प्यालेष्टानबीचको युद्ध अनत्यका लागि मध्यस्थताको भूमिका निर्वाह गरिरहनुभएको थियो ।
हानियाको हत्यापछि हमासले इजरायललाई प्रतिशोध साँध्ने चेतावनी दिएको छ। तर इजरायलले भने हानियहको हत्याको बारेमा कुनै प्रतिकृया दिएको छैन ।
यता अमेरिकाले चाहिँ नेता हानियाको हत्याको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको छ।।
प्रतिक्रिया राख्नुहोस्