कर्णाली प्रदेश प्रमुख जोशीद्वारा कार्यभार ग्रहण

सुर्खेत – कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नु भएको छ ।

हिजो मात्रै राष्ट्रपतिबाट सपथ लिएर आज विहान काठमाडौंदेखि सुर्खेत आउनु भएका प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको एक विशेष कार्यक्रमका वीच चौथो प्रदेश प्रमुखका रुपमा कार्यभार सम्हाल्नु भएको हो । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

कार्यभार सम्हालेपछि प्रदेश प्रमुख जोशीले सबै पक्षसँग सहकार्य गरी अघि बढ्ने बताउनु भयो ।

पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास शेरबहादुर बुढा लगायत उपस्थित हुनुहुनथ्यो ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले प्रदेश प्रमुख जोशीलाई कर्णाली प्रदेशको अवस्थाकाबारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.