मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तिम चरणमा

काठमाडौं – नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा नेपालको  एक अर्ब ५४ करोड तथा भारत सरकारको  ६० करोड रुपैयाँ लगानी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.