कर्णाली प्रदेश सरकारका लागि कांग्रेसले पठायो ४ मन्त्रीको नाम

काठमाडौं – कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली सरकारमा कांग्रेस सहभागी हुन लागेको हो ।

नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार जना मन्त्री सहभागी हुनुहुने भएको छ । कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेललाई आजै मन्त्रीको नाम बुझाउने कांग्रेसले जनाएको छ ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा हुन लाग्नुभएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.