घाेराही-तुलसीपुर सडक सुचारु
दाङ- घोराही-तुलसीपुर सडक सञ्चालनमा आएको छ । शनिबार बेलुका टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले घोराही-तुलसीपुर सडक अवरुद्ध गरेका थिए ।
बिहानैदेखि आफन्तले सडक अवरुद्ध गरेपछि घोराही-तुलसीपुर सडकमा चल्ने सवारी साधन बीच बाटोमै राेकिएका थिए ।
टिप्पर चालकलाई कानुन बमाेजम कारबाही गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि सडक सुचारू भएको हो ।
घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरित दिशातर्फ गईरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्यु भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्