कर्णालीका मुख्यमन्त्री कडेललाई विश्वासको मत प्राप्त
काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विश्वासको मत पाउनु भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कडेलले राख्नु भएको विश्वासको मत सम्बन्धिको प्रस्तवमा काँग्रेस र एमालेका २३ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गर्नु भयो भने विपक्षमा १४ मत पर्यो । मतदानमा ३७ जना सांसद सहभागी हुनु भएको थियो ।
४० सदस्य प्रदेश सभामा विश्वासको मत पारित हुन २० जना सांसदको समर्थन आवश्यक पर्दछ। कडेलको प्रस्तावको पक्षमा २३ मत परेसँगै उहाँले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिनु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्