सडकमा ढुङ्गा खसेपछि तानसेन-रिडी-तम्घास खण्ड अवरुद्ध

पाल्पा- अविरल वर्षाका कारण सडकमा ढुङ्गा खसेपछि तानसेन-रिडी-तम्घास सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार दिउँसो रिब्दीकोट गाउँपालिका-२ जोर्ते नजिकै दुईवटा ठुला ढुङ्गा खसेपछि सवारी आवागमन बन्द भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार पहिरो पन्छाउन सडक डिभिजन कार्यालय र प्रहरी सो स्थानमा गएपनि काम अघि बढ्न नसक्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।

सोमबार दिउँसो पनि ढुङ्गा खसेर केहिबेर अवरुद्ध भएको सडक एकतर्फी रूपमा खुलाइएको थियो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार मंगलबार लोडरमार्फत ढुङ्गा फुटाउन नसकेपछि सवारी संचालन गर्न नसकिएको हो ।

बुटवलबाट ब्रेकर मगाएर मात्रै ढुङ्गा फुटाउनु पर्ने हुँदा आज बिहानैदेखि काम गरेर १० बजेसम्म सडक सुचारू गर्ने गरि काम अघि बढाइने सडक डिभिजन पाल्पाले जनाएको छ । मंगलबार दिउँसोदेखि नै सवारी आवागमन बन्द हुँदा यात्रुहरू बीच बाटोमा अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.