सांसद सिंहद्वारा तिलगंगा सामुदायिक आँखा अस्पताललाई एक वर्षको तलब प्रदान

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवम् पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहले एक वर्षको तलब तिलगंगा सामु्दायिक आँखा अस्पताल हेटौंडालाई हस्तान्तरण गर्नुभएको छ ।

अस्पतालमा आयोजित एक कार्यक्रमका बिच सांसद सिंहले तिलगंगा सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्दुक रुइतलाई ९ लाख ९९ सय हजार ९९ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

सांसद सिंहले आफूले पाउने एक वर्षको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार थप गरी अस्पताललाई प्रदान गर्नु भएको हो । निर्वाचनको समयमा नै जनताको करको पैसा आफूले नलिने तिलगंगा आँखा अस्पताललाई सहयोग गर्ने घोषणा गर्नुभएका सिंहले जनतालाई साक्षी राखेर गरेको बाचा पूरा भएको बताउनुभयो ।

यस्तै, प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले विपन्न र सिमान्तकृत समुदायका नागरिकको उपचार र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा निर्माणधिन आँखाको लेन्स उत्पादन गर्ने उद्देश्यले निर्माणाधिन भवनको लागि खर्च गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.