१०८ अंकले बढ्यो नेप्से
काठमाडौं – शेयर बजार बढेर बन्द भएको छ । मंगलबार १४५ अंक घटेको नेप्से, यस दिन १०० अंकभन्दा बढी बढेर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.३५ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ । सो दिन ३ सय ३० स्क्रिपको १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च, २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिश बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।
बुधबार कारोबारमा आएका २ सय ३९ कम्पनीको शेयर मूल्य बढेको छ । ३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रि– इन्स्योरेन्सको शेयर खरिद विक्री भएको छ । आज यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १० कम्पनीको शेयर मूलयमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रि–इस्योरेन्स र सेन्ट्रल फाइनान्स रहेका छन् । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्