विवाद मिलेपछि बनेपा बजारमा सडक निर्माण कार्य अघि बढ्यो

 काभ्रे- लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य पुनः अघि बढेको छ।

सडकको सेन्टरलाइन र इन्टरसेक्सनसम्बन्धी विवाद समाधान भएपछि निर्माण कार्यले गति लिएको हो ।

पूर्वाधार विकास मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएको र हाल सडकको पुरानो सतह हटाउने काम भइरहेको जनाइएको छ।

निर्माण कार्यलाई तीव्रता दिँदै आगामी दुई महिनाभित्र बनेपा बजार क्षेत्रको सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साँगा–धुलिखेल सडक खण्डको सर्भिस लेनसहित कुल लम्बाइ ७ दशमलव ९ किलोमिटर रहेको छ।

जसमध्ये ६ दशमलव ५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ। अब बाँकी १ दशमलव ४ किलोमिटर सडकलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी निर्माण सम्पन्न गर्नुपर्नेछ ।

आयोजनाअन्तर्गत बाँकी सडक निर्माण कार्य यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बनेपा बजार क्षेत्रमा सडक निर्माणले निरन्तरता पाएसँगै लामो समयदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दा तथा सवारी चालकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

सडक निर्माण सम्पन्न भएपछि अरनिको राजमार्गअन्तर्गत बनेपा बजार क्षेत्रमा हुने सवारी आवागमन थप सहज हुने र सडकको स्तरोन्नतिले यातायात व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

हाल काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.