मधेश प्रदेशका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय

काठमाडौँ- मधेस प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.