दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा

पूर्वी नवलपरासी- पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा भासिएको सडक एक तर्फी
संचालनमा आएको छ ।

भासिएको सडक मर्मत कार्य आज पुरा नभएपछि अहिले एकतर्फी संचालन गरी भोलि फेरि मर्मत गर्ने पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

हिजो साँझ भासिएको सडकलाई आज विहानदेखि फराकिलो बनाउने काम शुरु भएको थियो । बिनयी त्रिबेणी गाउँपालिका-२ स्थित दाउन्नेमा अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमै यसपटक पनि सडक भासिएको हो ।

आज विहान देखि दिँउसो २ बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीलाई रोकलगाएर मर्मतको काम गरिएको थियो ।

सवारीको जामलाई मध्यनजर गरी २ बजेपछि रोकिएका सवारी साधनलाई एक-एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गरिएको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।

रातको समयमा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भएकाले मर्मत कार्य नगरिने उहाँको भनाइ थियो ।

भोलि विहान ८ बजे देखि पुन: मर्मत कार्य शुरु गर्ने र भोलि नै दुईतर्फी यातायात संचालनमा ल्याउने प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।

बुटवल–नारायणगढ सडक विस्तारको क्रममा सडक भत्काउँदा दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर बनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.