विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिएको छ: कानुनमन्त्री चौरसिया

काठमाडौँ –  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलपछि मन्त्री चौरसियाले विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले विधेयक निर्माणका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । “सबैले एकस्वरमा शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने शुद्ध भावनाका साथ संसद्लाई सम्बोधन गर्नुभएको छ । यो देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश देशभित्र गएको छ”, उहाँले भन्नुभयो, “यो ऐतिहासिक दस्तावेजलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.