मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.