ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार : पूर्वराष्ट्रपति ओबामा

सिकागो-  अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई मङ्गलबार सम्बोधन गदै उपराष्ट्रपति ह्यारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उहाँप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अगाडि बताउनुभयो, “कमला ह्यारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहिनहरुको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।”

“उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ,” ओबामाले ह्यारिसलाई सङ्केत गर्दै भन्नुभयो ।

पूर्वराष्ट्रपति ओबामाले ह्यारिसको उम्मेदवारीको समर्थन गर्दै भन्नुभयो, “उहाँ ९ह्यारिस० राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो र यसको मूल्याङ्कन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् ।

उहाँकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा ह्यारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.