पाल्पामा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा-  पाल्पाको पर्यटकीय स्थल रानिमहल जाँदै गरेको भारतीय गाडी तानसेन – रानिमहल सडक खण्डको तानसेन १ नारायण डाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेश गोरखपुर बस्ने वर्ष २८ का विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । गए राति करिब १० : ३० बजेको समयमा सदरमुकाम तानसेनबाट बास बस्न रानिमहल जाँदै गरेको यूपी १४ डी.एच. ०१०४ नम्बरको रातो कार तानसेन – रानिमहल खण्डको नारायण डाँडामा दुर्घटना भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

कारकोस्टार्ट  बन्द भएपछि धक्का मार्नेक्रममा कार अनियन्त्रित भई एक सय मिटर तल खेतमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कारमा अन्य चार जना यात्रु सवार रहे पनि उनीहरू गाडीबाट झरेर गाडी धकेल्ने क्रममा  रहेकोले उनीहरूको ज्यान जोगिएको दुर्घटनाका प्रत्यक्षदर्शी गौतम बस्यालले बताउनुभयो ।

मृतक पाठकको शवलाई पोस्टमार्टमको लागि पाल्पा अस्पताल तानसेन लगिएको छ भने कारमा सवार अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.