कोलकाता चिकित्सक हत्या प्रकरणः बर्बर हत्याको बिरोध

काठमाडौं- पूर्वी भारतीय शहर कोलकाताको एक सरकारी अस्पतालमा क्रुरतापूर्वक बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी चिकित्सको न्यायको माग गर्दै भएको व्यापक प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले व्यापक धरपकड गरेको हो । यस महिनाको शुरुमा सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला माथि भएको निसंश हिंसा र हत्यालाई लिएर राष्ट्रव्यापी आक्रोश छाएको छ ।

घटनाको झण्डै एक महिना हुन लाग्दा पनि हत्यारा पत्ता नलागेपछि हिजो हजारौंको संख्यामा निस्किएका प्रदर्शनकारीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको राजिनामा माग गर्दै कोलकाताको सरकारी भवनमा प्रदर्शन गरेका हुन् ।

स्थानीय प्रहरीको सुस्त अनुसन्धानको आलोचना भएपछि अस्पतालका एक स्वयंसेवक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रदर्शनकारीको ब्यापक नाराबाजीपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण भेलामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएका छन् । हिंसा सिर्जना गरेको आरोपमा झण्डै १ सय जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.