सर्लाहीमा ठूलो मात्रामा पटाका बरामद

सर्लाही- सशस्त्र प्रहरी बलले २७ लाखभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरेको छ । मलंगवा नगरपालिका-४ गणेशियास्थित चिम्नी नजिकको टहरामा लुकाइ छिपाइ राखिएको पटाका बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रहरी उपरीक्षक बिनोदराज खनालले गणबाट खटिएको टोलिले गणेशियास्थित चौरमा जस्ताको टहरामा शंका लागेर चेकजाँच गर्दा ठूलो मात्रामा पटाका बरामद भएको हो ।

दिपावली लक्षित गरी तस्करहरूले पटाका भित्र्याएको हुनसक्ने प्रहरीले जनाएको छ । बरामद भएको पटाकामा नागिन, भुइचम्पा, सुतली बम, रकेट लगायतका छन् । जसको बजारमुल्य २७ लाख ७७ हजार ५५२ रुपैया रहेको छ ।

बरामद भएको पटाका आवश्यक कानुनी प्रक्रिया पुरा गरी नस्ट गरिने उपरीक्षक खनालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.