राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।
टिआरसी विधेयक प्रमाणीकरणसँगै नेपालको शान्ति प्रकृयाको अर्को महत्वपूर्ण कार्यभार पूरा भएको छ।
यसको कार्यान्वयनमा भने चुनौतिहरु रहेको विभिन्न प्रतिकृयाहरु आइरहेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.