राष्ट्रपति पौडेलको भक्तपुर दरवार स्क्वायर भ्रमण

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्नु भएको छ ।

महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत आज राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर जानु भएको हो ।

अबलोकनका क्रममा राष्ट्रपतिले आम नागरिकसँग संवाद गर्ने भनिएपनि त्यस्तो कार्यक्रम भएन ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीय र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले दरबार स्वायर, राष्ट्रिय कला संग्राहलय, पुरात्वातिक क्षेत्र, पाँचतले मन्दिर र भैरबनाथको मन्दिर पुगेर पुजाआजा गर्नुभएको थियो ।

राष्ट्रपतिले करिब २ घण्टा सम्पदा क्षेत्रको अवलोकन गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.