विश्वव्यापी प्रतिष्पर्धामा उत्रन तयार छन् केयुबाट दीक्षित विद्यार्थी 

काभ्रे-  काठमाडौँ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह सम्पन्न भएको छ।

२९ औँ दिक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका २३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा पिएचडी, डिएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, र स्नातक तहका एक हजार ८१५ जना विद्यार्थी दीक्षित भएका छन् ।

यसरी दीक्षित हुनेमा स्कुल अफ आर्ट्सका ७० जना र स्कुल अफ एजुकेसनका ७१ जना छात्रछात्रा रहेका छन ।

यसैगरी, इन्जिनियरिङका ३ सय ६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका एक हजार ५ सय ६३ जना र साइन्सका १ सय ४९ जना विद्यार्थीहरु दिक्षित भएका छन ।

दीक्षित हुनेमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, सिङ्गापुर, अर्जेन्टिना, प्यालेस्टान, सुडानलगायतका १९ देशका २ सय ४२ विद्यार्थीहरु पनि छन्।

 

समारोहमा यस पटक चान्सलर स्वर्णपदकबाट मिजला चित्रकार, भाइस चान्सलर स्वर्णपदकबाट मुकेश तिवारी, भाइसचान्सलर स्वर्णपदक (एमबिबिएस) तर्फ स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदकबाट रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट अर्जुन दास र महेशनाथ पराजुली स्वर्णपदकबाट रनिषा पौडेल सम्मानित भएका छन ।

 

काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत मास्टर्स अफ बिजनेस एण्ड इकोनोमिक्समा ११ जना र ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टमा २३ जना, स्कुल अफ मेडिकल साइसेन्जको डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिनमा पाँच जना लगायतका विद्यार्थीहरु दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

दिक्षान्त समारोहमा विद्यार्थीहरुका अभिभावक र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

गुणस्तरीय शिक्षामार्फत समाजको विकास र उन्नतीमा काठमाडौँ विश्वविद्यालयको शैक्षिक स्तरप्रति अभिभावकहरुले सन्तोष व्यक्त गरेका थिए ।

दिक्षित विद्यार्थीहरुले पनि केयूको शिक्षाले विश्वव्यापी प्रतिश्पर्धालाई छिचोल्न सक्ने विश्वास व्यक्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.