हेटौँडा अस्पतालले आइतबारबाट अतिरिक्त सेवा दिने

मकवानपुर- हेटौँडा अस्पतालले आईतबार देखि नियमित बाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालमा ओपिडि सेवामा दैनिक बिरामीको चाप बढेसंगै अस्पतालले १६ भदौबाट विस्तारित बहिरंग सेवा समेत सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न र गुणस्तरीय स्वास्थ्य सेवा छिटो र छरितो ढंगबाट प्रदान गर्न नियमित बाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनु भयो ।
यसका लागि अस्पतालले शनिबारबाहेक प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निमित्त मेसु सापकोटाका अनुसार अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले २४सै घण्टा टिकट काट्न सक्ने र चाहेको डाक्टरसँग जाँच गराउन पाउनेछन ।

अस्पतालले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरूको सूची पहिल्यै सार्वजनिक गर्नेछ । अस्पतालबाट अतिरिक्त सेवा अन्तर्गत जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसूति विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी सेवा जनरल सर्जरी, मनोरोग सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउनेछ ।

अस्पताल प्रशासनले विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको तथा ल्याब परीक्षण, औषधि शुल्क भने साबिककै दरमा प्रदान गरिने जनाएको छ । अतिरिक्त समयमा सेवाग्राहीले स्वास्थ्य बिमा भने लिन भने पाउनेछैनन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.