अबरुद्ध मुग्लिङ-नारायणगढ सडक संचालनमा

चितवन- भरतपुर महानगरपालिका-१  आँपटारीमा ठूलो रुख ढलेर अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाएर यातायार खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुले लगत्तै गन्तव्यतर्फ लागेका छन्।

बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ।

बिहान ८ बजे भरतपुर महानगरपालिका १ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो।

लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.