सिरहामा मिटर ब्याज सम्बन्धी ६ सय २२ वटा उजुरी फर्छ्यौट

सिरहा- गएको आर्थिक बर्षमा सिरहा जिल्लामा  मिटर ब्याज सम्बन्धी  ६ सय २२ वटा उजुरी फर्छ्यौट गरिएको छ । गत आर्थिक बर्षमा मिटर ब्याज सम्बन्धी कुल ३ हजार ६ सय २८ वटा उजुरी परेकोमा  ६ सय २२ वटा उजुरी किनारा लगाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

गत आर्थिक वर्ष २०८०/०८१ जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको  प्रगति विवरण अनुसार यस अवधिमा विभिन्न कसुर र अपराधमा १ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । 

चोरी, तस्करी, हत्या, हिंसा, बलात्कार, लागु औषध, जाली नोटको कारोवार, हुण्डी कारोवार सम्बन्धी कुल १ हजार ९८ मुद्दा दर्ता भएकोमा ६ सय ६२ मुद्दा फर्छ्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी रमेश पण्डितले जानकारी दिनु भयो । 

सो अवधिमा विभिन्न अपराधमा संलग्न ७ सय ११ जनालाई पक्राउ गरिएको र फैसला कार्यान्वयन अनतर्गत फरार रहेका प्रतिवादी पक्राउ परेका मध्ये ३ सय ५८ जनामाथि मुद्दा दर्ता गरी कार्यवाही गरि उनिनुलाई १ सय ४३ वर्ष ४ महिना २६ दिन कैद सजाय र ३१ लाख २८ हजार २ सय ४१ रुपैयाँ जरिवाना गरिएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै त्यस्तै श्रोत नखुलेको रकम सहित ८ जनालाई पक्राउ गरिएको र उनिहरुबाट ७४ लाख २७ हजार ९० रुपैयाँ बरामद गरिएको छ ।

भन्सार छली भारतबाट विभिन्न मालसामानको तस्करी गर्दै गरेको अवस्थामा मोटरसाइकल, बोलेरो, ट्रक, टेम्पो, कार, स्कुटर र साइकल गरी ४२ वटा सवारी साधन नियन्त्रणमा लिइएको र सो क्रममा १५ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।

विभिन्न मुद्दा र कसुरमा पक्राउ परेकाहरूमामाथि कारवाही गर्दा एक आर्थिक वर्षमा ०१ करोड २७ लाख २४ हजार ४ सय ४६ रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै जिल्लाभरीको प्रहरी कार्यालयहरूबाट एक वर्षको अवधिमा ८८ हजार ८ सय १३ भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.